(१) नेपाल भित्र जारी गरिएको निर्जीवन बीमालेख अन्तर्गतको भौगोलिक क्षेत्रभित्र पर्न सक्ने जोखिम समूहको दावी व्यहोर्नका लागि
पूनर्बीमाको व्यवस्था गर्न तथा सोसँग सम्बन्धित अन्य बीमा जोखिमहरूको भुक्तानी गर्नको लागि आकस्मिक बीमा कोष नामबाट एउटा कोषको स्थापना गरिएको छ ।
(२) उपनियम (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त हुने रकम,
(ख) बीमकबाट प्राप्त हुने सदस्यता शुल्क,
(ख१) सदस्यता प्राप्त बीमकबाट प्राप्त बीज राशि (सिड मनी),
(ग) बीमकहरूले बीमालेखमा रक्षावरण गरेको जोखिम समूह बापतको रकम,
(घ) बीमकहरूले पूनर्बीमकबाट पाउने पूनर्बीमा कमिशन र मुनाफा बापत प्राप्त हुने रकम,
(ङ) नियम ८ बमोजिम लगानीबाट प्राप्त मुनाफा,
(च) अन्य स्रोतबाट प्राप्त हुने रकम ।
(२क) सदस्यता प्राप्त बीमकले उपनियम (१) को खण्ड (ख१) बमोजिमको बीज राशि सोही उपनियमको खण्ड (क) बमोजिमको रकमभन्दा कम नहुने गरी कोषमा जम्मा गर्नु पर्नेछ र त्यस्तो रकमको भुक्तानीको शर्त तथा प्रक्रिया सञ्चालक समितिले तोके बमोजिम हुनेछ ।
(३) उपनियम (२) बमोजिम कोषमा जम्मा भएको रकमबाट उपनियम (१) बमोजिमको जोखिम भुक्तानी गर्न नपुग हुन गएको अवस्थामा सदस्यता प्राप्त बीमकलाई बीमा समितिले थप शुल्क लगाउन सक्नेछ ।